फिल्म हलमा कोरोना संक्रमण रोक्न आकस्मिक बैठक भोली !


बढी भीडभाड हुने फिल्म हलजस्ता थलोमा नजान सरकारले आग्रह गरेपछि संघको बैठक बस्न लागेको अध्यक्ष मधुसुधन प्रधानले बताए । उनका अनुसार कोरोनाको प्रभाव बैठकको मुख्य एजेन्डा हुनेछ ।

जनजीवन त्रसित भएपछि फिल्म हललाई केही साता बन्द गर्ने कि मास्क लगाउने लगायतका सचेतनामुलक कार्यक्रम हलमा चलाउने भन्ने उपायका बारे छलफल हुने जनाइएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्ने विश्व स्वास्थ्य संगठनको भनाइपछि सतर्कता अपनाउन थालिएको हो । क्यूएफएक्स प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले पनि आफ्ना हलहरुमा कोरोनाविरुद्धको उपाय चलाउने जनाए ।

मंगलबार मात्रै मानव अधिकार फिल्म फेस्टिभल रोकिएको घोषणा गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो घरमा होली कार्यक्रम नगर्ने जनाएकी छन् ।