Logo

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई पोष्ट अप वार्डमा सारियो !

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी नातामा प्रधानमन्त्रीकी भान्जी पर्छिन् ।

बिहान १० बजेबाट प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यक्रियापश्चात प्रधानमन्त्रीले आधा लिटर पिसाब समेत फेरेका छन् । उनको मिर्गौलाले राम्रोसँग काम गर्न थालेको प्रा. डा. प्रेमराज ज्ञवाली जानकारी दिए। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्