कोरनाले आतंक मच्चाइरहेका बेला, नेपालमा छिर्यो यस्तो रोग, मान्छेहरु भटाभट बिरामी परे !


त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा मौसमी फ्लुको आशङ्का गरिएको अज्ञात रोगका कारण विद्यालयनै बन्द गरिएको छ । एक सातादेखि गाउँमा फैलिरहेको भाइरलका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेजस्तो समस्या देखिएपछि गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको हो । विद्यालयले एक सूचनाजारी गर्दै विद्यालय बन्द भएको जानकारी गराएको हो ।