Logo

दुर्घटनामा वडा सचिवको ज्यान गयाे, गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते

गोरखा – गाेरखाकाे मान्बुमा बुधबार राति भएको जीप दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिवको ज्यान गएकाे छ ।

लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन् ।

काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए । त्यही क्रममा उनीहरुले प्रयोग गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना मान्बुको धोरतमा भएको हो । उनीहरु आरुघाट मान्बु सडक हुँदै काशी गाउँ जाँदै थिए ।

घाइतेहरुलाई घटनास्थलबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ । उनीहरुलाई उप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्