नोबेल कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन ‘हात नमिलाउने तथा नमस्कार गर्ने’ बानी बसाल्न सुझाव दिएका छन् ।चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै यसप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् ।
सरकारले समेत कोरोनाको संक्रमण रोक्न सभा सम्मेलन तथा भीडभाड नगर्न सुझाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।
प्रतिक्रिया