Logo

छिमेकी देश भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा , संक्रमितको संख्या २९ पुग्यो !

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा समेत बढ्दो दरमा देखिएको छ ।भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ ।

अघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो ।सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए ।

भारतमा कोरोनाको संक्रम फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारी गरेको जनाइएको छ ।
संक्रमित कहाँका, कस्तो छ हालत ?जयपुरमा १७ जना – इटालीबाट फर्केका यिनीहरुमा संक्रमण भएको हो । यिनीहरु राजस्थानका ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए । उनीहरुलाई भारतीय ड्राइभरले घुमाएका थिए । यिनीहरुको आईटीबीपी क्याम्पमा उपचार भइरहेको छ ।

यीमध्ये एक जनाको जयपुरको अस्पतालमा आइसीयुमा राखिएकामा त्यहाँ भएका अन्य ६० बिरामीमा पनि सरेको आशंकामा निगरानीमा राखिएको छ ।आगरामा ६ जना – इटालीबाट पर्केका संक्रमित व्यक्ति आफन्तसंग घुलमिल हुँदा ६ जनामा फैलियो ।केरलमा ३ जना– जो विदेश यात्रा गरी फर्केका थिए । यिनीहरु पूरै निको भएको जनाइएको छ ।

दिल्लीमा १ जना – जो इटालीबाट फर्केका थिए । उपचार जारी छ ।तेलंगानामा १ जना – इटालीबाट फर्केका उनको सम्पर्कमा आएका ८८ जना निगरानीमा छन् ।अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् ।

कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्