Logo

सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्रीकाे शुभकामना

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार एक सन्देश पठाइ उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहनुभएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री डाक्टर लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्