Logo

विदेश उड्ने भनि घरबाट टिका र खादा लगाएर काठमाण्डौ आएका युवक ६ महिना देखि काठमाण्डौ बिचल्लीमा (भिडियो हेर्नुहोस )

वैदेशिक रोजगारीले नेपालीका अधिकांश चुल्हो बलेका छन् । मुलुक यसैको रेमिटेन्सले चलेको छ । तर वैदेशिक रोजगारीका कारण भित्रिएको विकृतीले अहिले मन नै चसक्क हुने खालका घटना सार्वजनिक भएका छन् । आफ्नो परिवार र मुलुक छोडेर लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा विदेशी भूमीमा पसिना बगाउने रहर कस्को पो हुन्छ र ? तर विडम्बना हामी नेपाली युवाहरुका लागि बाध्यता बनेको छ ।

नगए घरमा चुलो बाल्न मुस्कील गए त्यसले ल्याउने समस्या झन विकराल । अहिले सामाजिक सञ्जाल र मिडियामा वैदेशिक रोजगारीका कारण निम्तीएका थुप्रै यस्ता उदाहरण सार्वजनिक भएका छन् । दैनिक हजारौं युवाहरु काठमाडौं विमानस्थलवाट विदा हुने गरेका छन् । तर आज यो भिडियोमा सार्वजनिक गरिएको यस्तो हृदय विदारक कथा छ जसले सबैको मन रुवाउँछ ।

छिमेकी र आफन्तसंग ऋण लिएर पैसा जुटाएर उनीहरु घरवाट विदेश जान भनेर काठकाडौं आइपुगे । छिमेकी र घर परिवारले खादा लगाएर, टिका लगाएर उनीहरु विदा भएर काठमाडौं आए । तर मेनपावरले दिएको धोकाका कारण ६ महिना बितिसक्दा पनि उनीहरु विदेश जान सकेका छैनन् । उनीहरुले छिमेकी र परिवारका सदस्यलाई आफुहरु विदेश पुगिसकेको बताएका छन् ।

परिवारका सदस्यलाई चिन्ता नहोस भनेर उनीहरुले आफुहरु विदेशमै रहेको भन्दै इमोवाट कुराकानी गर्छन । मोवाइल फोन गर्दा थाहा हुन्छ भनेर सामाजिक सञ्जाल प्रयोग गरेर कुराकानी गर्ने गरेका हुन् ।उनीहरु कतार जान भनेर सुनसरी स्थित घरवाट विदा भएर काठमाडौं आएका हुन् । परिवारका सदस्यले थाहा पाउछन् भनेर उनीहरु मुखमा माक्स लगाएर मिडियामा आएका छन् ।

उनीहरुले आफुहरुको पीडा सुनाउन पनि खुलेर पाएका छैनन् । घरवाट परिवारका सदस्यले तँ विदेश जाँदा लागेको ऋण तिर्नुछ पैसा कहिले पठाउँछस् भनेर सोध्दा उनीहरुले कम्पनीले दिएको छैन दिए पछि पठाउँछु भनेर झुटो बोल्ने गरेका छन् । एक जना युवा भने परिवारका सदस्यसंग सम्पर्क विहिन भएर बसेका छन् । ग्लोबल मेनपावर मार्फत उनीहरु कतार जान लागेका थिए । त्यसका लागि लाखौं रुपैया बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्