सल्यानको सिद्धकुमाख गाउँपालिका १ बाझकाडा बस्ने रत्नबहादुर बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुरको जलेर मृत्यु भएको छ । आगलागी मङ्गलबार राति भएको हो ।
आगलागीको कारण खुलेको छैन । क्षतिको एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । यसैगरी दाङको बङ्गलाचुली गाउँपालिका २ टाकुरा बस्ने २७ वर्षीय दिलबहादुर बुढाको घर र गोठमा मङ्गलबार राति नै आगलागी भएको छ ।
आगालागीबाट उनको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ५ लाख ९८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल खरानी भएको छ । आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया