Logo

राष्ट्रपतिसमक्ष भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र !

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।


उनी नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा भएका हुन् । उनी आइतबार नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्