Logo

के गर्मि बढेसंगै कोरोनाभाइरस निष्क्रिय हुन्छ ? यस्तो छ वास्तविकता !

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण तीन हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने ९५ हजार मानिस संक्रमित भएका छन्। यसरी

यो भाइरस कसरी र केबाट सर्‍यो भन्‍ने अहिलेसम्म कुनै यथेष्ट प्रमाण र पुष्टि भएको छैन भने यसविरुद्धको कुनै औषधी पनि बनिसकेको छैन । विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

गर्मी मौसममा यसको संक्रमण नहुने अथवा कम हुने भन्‍नेजस्ता हल्ला हरु पनि आइरहेका छन् । चीनको वुहानमा चिसो भएका कारण कोरोना संक्रमण बढेको र गर्मी मौसम भएका मुलुकमा यसको संक्रमण र फैलने दर कम हुने अथवा नहुने भन्‍ने किसिमका विभिन्‍न समाचारहरु पनि आइरहेका छन् । केही भाइरसको संक्रमणबाट हुने फ्लुहरु चिसो याममा बढी हुने र केही फ्लुहरु गर्मी याममा बढी हुने हुन्छन् । चिसोमा हुने संक्रमण गर्मीमा हुँदैन, किनकि ती भाइरसहरु तापक्रममा कारण बाँच्‍न र फैलन सक्दैनन् । तर, कोरोनाको संक्रमण कुन मौसममा बढी हुन्छ भन्‍ने अहिलेसम्म निर्क्योल भइसकेको छैन ।

वैज्ञानिकहरुले नोभेल कोरोना अर्थात् कोभिड-१९ कुन मौसम अथवा कति तापक्रममा संक्रमण हुन्छ र फैलिन्छ भन्‍ने अनुसन्धान गरिरहेको भए पनि कति तापक्रममा हुन्छ भन्‍ने निश्‍चित भइसकेको छैन । बेलायतको युनिभर्सिटी अफ इस्ट एन्जिलियाका सरुवा रोग विज्ञ पउल हन्टरले यस भाइरसमा पनि अन्य भाइरसमा हुने समानताहरु भएको बताए । यस रोगमा अन्य फ्लुको संक्रमणजस्तै रुघा लाग्‍ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ । जसका कारण यस भाइरसमा अन्य रोगमाजस्तै चिसो मौसम, आद्रता, जाडो मौसममा मानिसको जीवनशैलीले संक्रमण बढ्‍न सक्ने पउलले बताएका छन् ।

बैज्ञानिकहरुका अनुसार अन्य भाइरल संक्रमणजस्तै यसको संक्रमण पनि गर्मीमा कम हुनसक्ने सम्भावना छ । यसले संक्रमणको दर कम गर्न सक्छ । तर, निश्चित भने छैन । यो एक सुझबुझ अनुमान हो । हङकङ विश्वाविद्यालयका रोगविज्ञान प्रोफेसर जोन नोकोलसले यस्ता किसिमका भाइरसलाई चिसो मौसम, आद्रता र सूर्यको प्रकाश मन नपर्ने तर्क गरेका छन् ।

चीनको वुहानमा कोरोनाको संक्रमण सुरु हुँदा त्यहाँको तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म थियो भने हाल त्यहाँ १४ देखि १८ डिग्री सेल्सियसम्म हुने गरेको छ । त्यहाँ कोरोना संक्रमणको दरमा केही हदसम्म कमी भने आएको छ । तर, यो तापक्रम बढेकै कारण हो भन्‍नसक्ने आधार भने अहिलेसम्म पुष्टि भइसकेको छैन । २३ डिग्री सेल्सयस रहेको कतारमा पनि कोरोनाको संक्रमण देखिएको छ । इरानबाट फर्किएको एकजनामा कतारमा कोरोनाको संक्रमण देखिएको त्यहाँका सरकारी सञ्‍चारमाध्यमहरुले पुष्टि गरेका थिए ।

यी तथ्यहरुलाई हेर्दा कोरोना संक्रमण तापक्रम बढ्दैमा कम हुने भन्‍ने पुष्टि नभएसम्म आधारहिन तर्क मात्र भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्