Logo

ठुलो दुर्घटनाबाट जोगियो मन्त्री पद्मा अर्याल चढेको जहाज !

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ ।
बिहान काठमाडौँबाट पोखराका लागि उडेको बिमान उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएपछि १० मिनेटमै काठमाडौँ विमानस्थलमा अवतरण गरिएको थियो ।

विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको एअरलाईन्सले बताएको छ ।मन्त्री अर्याल भने अर्को बिमानमार्फत पोखरा जाने तयारीमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्