Logo

लागुऔषध सहित श्रीमान श्रीमती पक्राउ !

मोरङको बिराटनगर महानगरपालिका ११ स्थित बसपार्क एरियामा बिहिबार मध्यराति लागुऔषध सहित श्रीमान श्रीमती पक्राउ परेका छन । जिल्ल प्रहरी कार्यलय मोरङबाट खटिएको मोबाईल टोलिले चेकजाँच गर्ने क्रममा पिचरा घर बताउने बर्ष २६ को दिपेस श्रेष्ठ र उनकी श्रीमती बर्ष २१ कि तृष्णा श्रेष्ठको साथ बाट लुपिजेसिक, एभिल, डाईजोल्याप,नामक २६०(दुई सय साठी) पिस लागुऔषध र सिरिन्ज थान ३ (तिन) सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

यसैबिच मोरङ बुढीगंगा गाँउपालिका ६ स्थित कोयलपुर चोकमा बिहिबार दिउँसो चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार सुन्दरहरैचा नगरपाकिला ११ बस्ने बर्ष ३३ को सुरेन्द्र राई र सोही मोटरसाईकलमा पछाडी सवार सुनसरीको ईटहरी उपमहानगरपालिका ५ बस्ने बर्ष २६ को मनिष परियार लागुऔषध सहित पक्राउ परेका छन । उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, मोबायल ४ थान फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्