Logo

काठमाण्डौको टेेेेकु अस्पतालबाट भागेको बिरामी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा भर्ना !


आज दिउसो एक्कासी मिडियामा टेेेेकु अस्पतालबाट कोरोना भाइरसको संक्रमण आशंकामा बसेका एक विमारी भागेको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो । विराटनगर विमानस्थलमा आएको समाचारले विराटनगर लगायत पुर्व मै मानिसहरू त्रसित बने ।टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका उक्त व्यक्ति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्। उनी भागेपछि उनी त्रिभुवन विमानस्थलबाट सिधै विराटनगर बिमानस्थल आएका थिए ।

त्यसपछि उनी उनको घर धरान गए । प्रहरीले उनलाई धरानमा नै आफ्नै घरमा रहेको जानकारी पायो । अहिले उनी धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्प्रतिष्ठान मा आइसोलेसनमा रहेका छन् ।कोरियाबाट आएका सुनसरी घर भएका एक युवा बुधबार अस्पतालको आ’इसोलेसन वार्डमा भ’र्ना भएका थिए ।अस्पताल पुगेका उनलाई भाइरसको कुनै पनि लक्षण देखा नपरेको भएपनि कोरियाबाट आएको हुँदा परिवारका सदस्यले संक्रमण भए नभएको पुष्टि गर्न अस्पताल ल्याएको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए। https://www.youtube.com/watch?v=NP0jaigkyRI

प्रतिक्रिया दिनुहोस्