Logo

हे भगवान के भयो यस्तो :टेकु अस्पतालबाट भागेका व्यक्ति धरान विपी कोइराला अस्पतालको आइसोलेसनमा भर्ना

टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक नेपाली धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्। दक्षिण कोरियाबाट फर्केका उनी कोरोनाभाइरसको आशंकामा बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

तर बुधबार राति नै उनी अस्पतालबाट भागे। उनी भागेपछि अस्पतालले प्रहरीलाई खबर गर्यो। प्रहरीले खोजी गर्दा उनलाई धरानस्थित आफ्नै घरमा रहेको जानकारी पायो।

‘उहाँ आज दिउँसो १ बजे विराटनगर ल्यान्ड भएर धरान आउनुभएको रैछ। घर आएपछि श्रीमतीले फेरि अस्पताल ल्याउनुभएको रैछ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।

न्यौपानेले अहिले उनलाई विपी कोइराला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताए।

‘जाँच गर्दा उहाँमा ज्वरो, रुघाखोकी केही समस्या नदेखिए पनि चिकित्सकले टेकुमा आइसोलेसनमा राखेकाले यहाँ पनि आइसोलेसनमै भर्ना गर्ने तयारी गरेका छन्,’ उनले भने।

३१ वर्षीय उनी अढाई वर्ष दक्षिण कोरिया बसेर गत मंगलबार नेपाल आएका थिए। नेपाल आएको भोलिपल्टै उनी कोरोनाको आशंकामा जाँच गर्न टेकु पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्