Logo

शनिबारसम्म हुरीबतास र चट्याङ सहित असिना पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह !

देशका विभिन्न स्थानमा हुरीबतास, चट्याङ र सहित असिना पर्ने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ सहित असिना पर्ने सम्भाबना रहेको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भएको हो । मध्य र पूर्वमा भने एक ठाउँमा पानी पर्ने छ । प्रिमनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भइ बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्