Logo

कोरोना (कोभिड-१९)त्रासले गर्दा पूजा-पल अभिनित चलचित्र ‘म यस्तो गीत गाँउछ-२’को प्रदर्शन स्थगित ! सुचना सहित

कोरोना (कोभिड-१९)त्रासले गर्दा पूजा-पल अभिनित चलचित्र ‘म यस्तो गीत गाँउछ-२’को प्रदर्शन स्थगित ! सुचना सहित

 

अभिनेत्री पूजा शर्मा र पल शाह को अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाँउछ-२’ निमार्ण युनिटले आफ्नो प्रदर्शन रोकेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ।यसैलाई मध्यनजर गर्दै आउँदो ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन रोकिएको हो।

शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रापर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेको र त्यसैलाई मध्यनजर गरी सरकारको अर्को सूचना नआउञ्जेल सम्मका लागि फिल्म प्रदर्शन अस्थकित गरिएको फिल्म युनिटले जानकारी गरायको छ।

प्रतिक्रिया दिनुहोस्