Logo

कस्तो छ ‘चपली हाइट ३’ को टिजर ?

चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सस्पेन्स-थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रको टिजर पनि सस्पेन्स-थ्रिलर नै बनाइएको छ । टिजरमा नायिका स्वस्तिमा खड्काको अभिनय र अभिनेता अर्पण थापाको लुक्सले दर्शकको मन जित्न सक्छ ।

अहिले चलिरहेको ट्रेण्ड भन्दा पर रहेर यस चलचित्रको टिजर सार्वजनिक गरिएको छ । झण्डै डेढ मिनेट लामो टिजरमा चलचित्रका प्रायः कलाकारलाई स्थान दिइएको छ । यो टिजर मेकर र निर्देशकको खुबी नै हो ।

चैत २८ गतेबाट रिलिज हुने यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ ।

अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रलाई ननिकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा आकाश बरालको पटकथा तथा संवाद रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्