Logo

आज दिनभरि पानिपर्ने भोलिबाट घाम लाग्ने छ !

आज काठमाडौंसँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ ।हिजो देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् जानकारी दिए । अनुसार, पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हिजो देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली प्रवेश गरेकाले शनिबार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ,’ मौसमविद् भने ।
हिमाली भेगमा भने हिमपात हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । केही स्थनमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औंल्याउँदै महाशाखालले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हिजो भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्ने महाशाखाले जनाएको छ !पश्चिमबाट प्रवेश गरेको न्यून चापीय प्रणाली आज रातिदेखि पूर्व हुँदै बाहिरिने छ । त्यसपछि पानी पर्दैन । भोलिदेखि त घाम नै लाग्छ,’ मौसमविद् प्रधानाङ्गले भने ।

प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ ।

प्रतिक्रिया दिनुहोस्