Logo

भारत लाई नाका बन्द गर्दै नेपाल !

कोरोना भाइरस (कोभिड–¬१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरणका साथै महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए । बैठकपछि गृहमन्त्री थापाले सीमा नाकामा कडाइ तथा निगरानी बढाउन र सशस्त्रको सीमा निगरानी पोष्टलाई थप सक्रिय बनाउन निर्देशनसमेत दिनुभएको छ । उहाँले जनचेतना बढाउन, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएका छन् ।

सरकारले कोरोना भाईरसको सं’क्र’मणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरी आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सं’क्र’मणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

उनले छिमेकी मुलुकमा पनि सं’क्र’मण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताए।

कोरोना भाइरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितमा कसरी जोगिने र अति जोखिममा पुग्दाको संभावित अवस्थाबारे आकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे।

विभिन्न अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबार देखि नै प्लेनमा चढ्नु भन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिए।

उनले कोरोना भाइरसको सं’क्र’मणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा अहिले उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी अस्पताल क्षेत्र संग सम्बन्धीत रहेकालाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेृतृत्वमा कार्यकारी समिति पनि बनाईएको उनले उल्लेख गरे। उनले मन्त्रालयको तर्फबाट प्राविधिक कामको नेतृत्व सचिवले गर्ने र स्पेशल कोरोना संग सम्बन्धित विषयका बारेमा अरुसंग संयोजनकारी भूमिका निर्वाह गर्न विशेषज्ञ दिपक रमणले गर्ने व्यवस्था मिलाइएको बताए।

पछिल्लो दिनमा तलसम्म सावधानी अपनाउन मुख्यमन्त्री वा मुख्यमन्त्रीले तोकेकोे अध्यक्षतामा प्रदेश स्तरमा यसको संरचना निर्माण गरिएको तथा सम्बन्धीत नाकाहरुमा र प्रभावित क्षेत्रलाई समेत समायोजन गर्ने गरी तीनैस्तरकोे सरकारको प्रतिनिधित्व हुने गरी सहकार्य गर्न भनिएको स्पष्ट पारे।

उनले पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा ९८ हजार ४ सय ७ जना कोरोना संक्रमित भएको, ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको, ५५ हजार ५ सय ९४ जना उपचार पछि फिर्ता भएको र ८९ देशमा फैलिएको तथा छिमेकी राष्ट्र भुटानलाई पनि छोएको भन्ने समाचार बाहिर आएको भन्दै संक्रमित हुनेको दायरा छिटो छिटो ढंगले अघि बढेको तर्फ गम्भीर बन्नुपर्ने बताए।

उनले भने, ‘हिजोको सावधानीले नपुग्ने अवस्थामा पुगेका छौं। हिजो चीनमा मात्रै जोखिम हुँदा जति थियो, यो रोग अमेरिका लगायत अन्य देशहरुमा फैलिएको सन्त्रासबाट दक्षिण कोरिया, जापान, इरान, अरब लगायतका मुलुकहरुको फैलावटले चाही सं’क्र’मणको जोखिमलाई अझै उच्च विन्दुमा पुर्याएको छ।’

उनले छिमेकी राष्ट्र भारतमा पनि हिजो बेलुका सम्म २९ जनामा देखिएकाले भारतसंगको सम्बन्ध, आउजाउ लगायतले उच्च सर्तकतामा रहनुपर्ने अवस्था श्रृजना गरेकाले भन्सार नाका बाहेक ३७ वटा स्थानमा स्वास्थ्य विन्दुको रुपमा स्थानीय ठाउँमा चेकजाँच गर्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको र सोही अनुसारको तयारी भइरहेको बताए।

भारतबाट आयात हुने औषधिमा लगाएको प्रतिबन्धका सम्बन्धमा कुटनीतिक छलफल भएको र अहिलेको अवस्थामा उपलब्ध गराउँदै आएका औषधि नरोक्ने प्रतिवद्धता भारतबाट आएको पनि उनले बताए।

मूल्यवृद्धि हुन्छ भन्ने आशंकामा जोखिम मोलेर भए पनि पेट्रोलिय पदार्थको स्टक राख्ने नेपालीहरुको बानी भएकोले पनि बजारमा औषधि लगायतका सामाग्रीहरु अभाव देखिएको भए पनि सरकारले आपूर्तिको सहज व्यवस्था गर्ने उनले विश्वास दिलाए।

खरिपाटी र तेलकोटमा गरीएको क्वारेन्टाइनको व्यवस्थालाई विश्वस्वास्थ्य संगठनले प्रशंसा पनि गरेको भए पनि विविध कारणहरुले गर्दा नेपाल उच्च जोखिममा नै रहेकाले पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताए।

कोरोना सं’क्र’मण र खानपानको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भएको भन्दै त्यसबारे स्पष्ट पार्न सांसदहरुले गरेको आग्रहमा उनले भने, ‘कस्तो खाना खाने स्वास्थ्य नपढेको मान्छे स्वास्थ्यमन्त्री भइएको छ। डाक्टरहरुले भनेको गर्नु डाक्टरले गरेको नगर्नु। सरहरुले भनेको मान्नु सरहरुले गरेको नगर्नु भने जस्तै खानेकुरा अहिलेको सन्र्दभमा माछा मासु खाँदा खेरी नपकाई नखानु भन्न सकिने कुरा भो। केही पनि होइन भनेर यसलाई उपेक्षा गर्ने वा सबै सन्त्रासै यही भइसक्यो। अब जोगिनै गाह्रो होला कि भन्ने खालको दुईवटै अतिबाट हामीले समाजलाई बचाउनुपर्छ।’

विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउनेहरुको प्रत्येक व्यक्तिलाई चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाउने गरि तयारी भइरहेको बताए।

उनले वर्तमान स्थितिको मध्यनजर गर्दे सरकारले सगरमाथा संवाद स्थगित गरिसकेको र भोजभतेर, सभा सम्मेलन लगायत नगर्न आग्रह गरेको तथा संसदलाई पनि नलम्ब्याउने बारे पनि छलफल भइरहेको बताए। सरकारले साबुन पानीले हात धुने र भोजभतेर, सभा सम्मेलन नगर्न भने पनि संसद संचालन भइरहेको र संसदभवनमा पानी पनि नभएको भन्ने सांसदहरुको गुनासोबारे उनले सभामुखको ध्यानाकर्षण गराए।

उनले भने, ‘साबुनपानीले हात धुने भनियो संसदमै पानी छैन भनेर माननीय ज्यू हरुले भन्नुएको कुरा सभामुख आउनुभएकै बेला मैले पनि स्मरण गराएँ भने त्यो बोल्ने साथीलाई पनि न्याय होला भन्ने मैले ठान्दछु। अब यसका लागि स्वास्थ्य मन्त्रालयकै कारणले संसदमा पानीको अभाव भएको हो भने त्यसको बारेमा पनि छलफल गरौं। यो त अति आवश्यकीय वस्तु नै हो।’

प्रतिक्रिया दिनुहोस्