Logo

दक्षिण एसियामा सबैभन्दाधेरै कोरोना (कोभिड–१९) संक्रमित भारतमा बढी

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)नेपालमा चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्की सकेका छन् ।दक्षिण एसियाली देशहरू मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ । पछिल्लो आंकडा अनुसार भारतमा ४३ जनामा कोरोना देखा परेको छ । उनीहरू मध्ये चार जना निको भइसकेका छन् भने ३९ जना आइसोलेसनमा राखिएका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।

बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको हो । इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थान वा आईईडीसीआरका निर्देशक मेरजाड्डी साब्रिना फ्लोराका अनुसार दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको पुष्टि आइतबार गरेका हुन् ।

यस्तै माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको छ ।सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्