Logo

प्रधानमन्त्री भोली बालुवाटार फर्कर्ने !

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भोली बुधबारसम्म डिस्चार्ज हुन सक्ने जनाइएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

 

 

‘अन्य कुनै समस्या नदेखिए बुधबार प्रधानमन्त्री निवासमा फर्कनु हुनेछ ।’ स्रोतको भनाई रहेको छ । उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ पाइप समेत सोमबार झिकिइ सकेको छ । पेटमा राखिएको ‘डेन’ पाइप मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्