Logo

कोरोना भाइरसको जोखिम कम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औ’षधि (स्प्रे) छर्न थालिएको जनाए !

कोरोना भाइरसको जोखिम कम गर्न थप सतर्कता अपनाइएको सरकारले बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औ’षधि (स्प्रे) छर्न थालिएको जनाएको छ ।यस्तै छिमेकी देशसँगका ३७ वटा नाकामा प्रदेश सरकार र पालिकाको सहकार्यमा हेल्थ डेक्स राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको मन्त्रालयले जनाएको छ ।

औ’षधिको अ’भाव हुन नदिन अनुगमनलाई तीव्र बनाइएकाे र देशभित्रको उत्पादन क्षमतालाई पनि बढाउन पहल भइरहेको सूचनामा उल्लेख छ ।अहिलेसम्म चार सय ४१ जनाको नमुना परीक्षण गर्दा एक जना बाहेक कसैमा पनि कोरोना नपाइएको मन्त्रालयले जनाएको छ । कोरोना भएका ती व्यक्ति पनि उपचारपछि पूरै नि’को भएर काममा फर्किएकाे मन्त्रालयको दा’बी छ ।

भि’डभाडमा नजाने, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचीमिची हात धुने, बि’रामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खो’क्दा र हा’च्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फे’र्न गाह्रो हुने ल’क्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

कोरोना भाइरसका बि’रामी अहिलेसम्म एक सय १५ देशमा भेटिएका छन् । अहिलेसम्म एक लाख १४ हजार चार सय २२ जनामा कोरोना सङ्क्रमण भएकोमध्ये ६४ हजार ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार तीन सय १४ जना उपचाररत छन् ।गएको २४ घण्टामा चीनमा मात्रै एक हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका विभिन्न देशमा चार हजार २७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्