Logo

राती सुतेको बेला श्रीमतीले रामराजामाथि हानियो तेजाब, श्रीमती पक्राउ

बालाजुमा बन्द कोठामा सुतिरहेका एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ । गए राति १२ बजेतिर नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको हो।

डेरामा उनी आफ्नी श्रीमती र चार महिने बच्चासँगै बस्ने गर्थे। गए राति पनि कोठाको झ्याल ढोका लगाएर सबै सँगै सुतेका थिए। तर राति उनको अनुहार र हातमा तेजाब प्रहार भएको छ।

महानगरीय प्रहारी वृत्तका डिएसपी रंजितसिंह ठाकुरका अनुसार सबै झ्याल ढोका लगाएर सुतेका बेला उनी माथि तेजाब प्रहार भएको हो।

‘झ्याल ढोका सबै बन्द नै थियो बाहिरबाट कोही आउन सक्दैन,’ डिएसपी राठोरले सेतोपाटीसँग भने, ‘हामीले श्रीमतीले प्रहार गरेको आशंकामा उनलाई सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं।’

उक्त घरका घरबेटीले पनि आएको धेरै दिन नभए पनि श्रीमान–श्रीमती सधैजसो झैझगडा गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन्। थापाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ। डिएसपी राठोरका अनुसार हात र अनुहार तेजाबले जलेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्