Logo

कोरोनाभाइरसले गर्दा इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

एजेन्सी, २७ फागुन – कोरोनाभाइरस सङ्क्रमण दर ह्वात्तै बढेपछि इटलीको सरकारले देशैभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ । त्यहाँको सरकारले करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

साथै सार्वजनिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ भने खुला रुपमा हिँडडुल गर्न पनि कडाइ गरेको छ । त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेले जनतालाई बस्न र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह गरेका छन् । यात्रा गर्नैपर्ने अवस्था आएमा अनुमति लिएर मात्र निस्कन भनेका छन् ।

सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको थियो । इटलीमा चीनपछि दोस्रो सर्वाधिक मानिस सङ्क्रमित र मृत्यु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्