पुर्व राजा ज्ञानेन्द्रलाई जनताको चिन्ता ! कोरोना भा’इरसबारे सरकारलाई दिए यस्तो सुझाव


विश्वमा म’हा’मा’रीको रुपमा फैलिरहेको कोरोना भाइ’रसका कारण नेपालीहरुको पनि जनजीवन प्र’भावित बनेको छ । कोरोनाको मा’हा’मा’री नेपालमा पनि फैलि हालेमा के कसो गर्ने भन्ने बारेमा पुर्व तयारी केही भएको छैन ।

उल्टो का’लो ब’जारी मौलाएको अवस्था छ । यस बारे सरकार भने मुकदर्शक बनेर बसिरहेको छ । बजारमा सामान्य भन्दा सामान्य बस्तु मास्कको अभाव भएका बेला सरकारले मास्क समेत आफ्ना नागरिकलाई उपलब्ध गराउन सकेको छैन ।

 

का’लाब’जारीयाहरुले पाँच रुपैंयामा पाउने मास्क २० रुपैंयामा, १० रुपैंयामा पाउने मास्क ४० रुपैंयामा र २० रुपैंयामा पाउने मास्कलाई ७० रुपैंयामा बेचिरहँदा पनि एकाधलाई बाहेक कार’वाहीको दायरामा ल्याउन सकेको छैन ।

यसै बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्विटरमा आफ्ना कुराहरु राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोनाको जो’खिम उच्च अवस्थामा रहेका बेला सरकारको ध्यान अन्यत्र मोडिन नहुने बताएका छन् । उनले भनेका छन्, ‘दैनिक उपभोग्य वस्तु तथा सेवाको सहजताका लागि सरकारका संयन्त्र चनाखो भएको देखिएन।’समस्याका समयमा भएको सानो असा’वधानीले पनि ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आउन नदिन बेलैमा सचेत हुनु जरुरी रहेको उनको बुझाइ छ ।

पुर्वराजा शाहको ट्विट जस्ताको त्यस्तै तल पढ्नुहोस्