नब बधु अभिनेत्री प्रियंका कार्कीको होली मस्ती (फोटो फिचर)


अभिनेत्री प्रियंका कार्की नबबिबाहित अभिनेत्री हुन् । उनले अभिनेता आयुष्मान देशराजसँग बिबाह गरेको केही हप्तामात्र हुँदैछ । उनै कार्कीले श्रीमान्को घरका आफन्तसँग होली मस्ती गरेकी छिन् । हेर्नुहोस फोटो फिचर सहित

यस्तै,अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फागुन १५ गते काठमाडौंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडौंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् । प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् । प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।

प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् ।
प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।

प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् । यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् ।

यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ मा प्रियंका फेरि नेपाल फर्किइन् ।

प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् । अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।

सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो । यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री लभर्स’ । पहिलो सिनेमाबाटै उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् । प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन ।

प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ । यो सिनेमा प्रियंकाको सिने करिअरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिइन् । झोलेपछि उनको सिने करिअर निरन्तर रुपमा अघि बढ्यो । तयसपछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाइन् ।
हेर्नुहोस फोटो फिचर सहित