Logo

को बन्ला पहिलो ‘कमेडी च्याम्पियन’ ?

पछिल्लो समय निकै चर्चा कमाएको रियालिटी शो हो, कमेडी च्याम्पियन । नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनलाई दर्शकले अत्याधिक रुचाए ।

अहिले दर्शक कमेडी च्याम्पियनको अन्तिम नतिजा कुरिरहेका छन् । दुई साता अगाडि नै च्याम्पियनले आफ्नो टप ३ फाइनलिस्ट पाइसेकको छ । तर, पहिलो कमेडी च्याम्पियन को बन्छ त भन्ने धेरैको कौतुहलताको विषय बनिरहेको छ ।

कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, हिमेश पन्त र खड्ग बहादुर पुन मगर पुगेका छन् । यी तीनमा जसले बढि भोट ल्याउने छ त्यहीँ बन्ने छ, पहिलो कमेडी च्याम्पियन ।

अहिले यी तीनै प्रतियोगीहरु भोट अपिलको लागि दौडिरेहका छन् । आफूलाई भोट गरिदिन देश तथा विदेशमा रहेका हरेकलाई अपिल गरिरहेका छन् । उनीहरुमा पनि डर छ, आखिर को बन्छ पहिलो च्याम्पियन ?

अब त्यसको लागि धेरै समय कुर्नुपर्ने अवस्था छैन । चैत १ गतेको लागि ग्राण्ड फिनाले तय भएको छ । च्यासलमा रहेको कमेडी च्याम्पियनको सेटमा नै ग्राण्ड फिनाले आयोजना हुने निर्देशक विशाल भण्डारीले बताइरहेका छन् ।

ग्राण्ड फिनालेको लागि धमाधम टिक विक्री भइरहेको छ । सो दिन मुख्य आकर्षको रुपमा मह जोडी र महानायक राजेश हमाल उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्