इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ ।
घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । खुजिस्तान प्रान्तको अभाज शहरमा यो घटना भएको हो ।
कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच उनीहरुले रक्सी पिएका खबरमा उल्लेख छ । यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको पनि बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्यान गएको छ । यो सँगै इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९१ पुगेको छ।
प्रतिक्रिया