Logo

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो !

अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।विश्वका विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार मंगलबार पनि थप चार जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनामो मृत्यु हुनेको संख्या ३० पुगेको हो । सोमबार पनि ५ जनाकोको मृत्यु भएको थियो ।

अमेरिकामा हालसम्म ९ सय ७८ जनामा कोरोनो संक्रमण देखा परेको छ भने ८ जना जटिल अवस्थामा छन् । १५ जना पूर्ण रुपमा निको भइसकेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख १९ हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ४ हजारभन्दा २ सयभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार ६६ हजार १ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ७ यसभन्दा बढी जटिल अवस्थामा छन् ।गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले १ सय १५ भन्दा बढि मुलुकमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्