Logo

होटललाई अस्पताल बनाएर कोरोना बिरामीलाई नि:शुल्क उपचार गर्दै रोनाल्डो !

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना संक्रमणका बिरामीलाई निशुल्क उपचारको व्यवस्था गर्ने भएका छन् ।
युरोपेली देशमा कोरोनाको प्रभाव बढ्दै गएपछि रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाएर निशुल्क उपचार गर्न लागेका हुन् ।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको एक्स स्पोर्टस् डटकम न्युजले जनाएको छ ।रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको निस्शुल्क उपचार गर्न लागेका हुन् । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।

उनको यो कदमलाई लिएर विश्वभर प्रशंसा भइरहेको छ ।इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर, स्वास्थ्य परिक्षणमा उनलाई कोरोना नेगेटिभ देखिएको थियो ।पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।

प्रतिक्रिया दिनुहोस्