जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ । चन्द्रागिर
नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो ।
प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।काठमाडौं उपत्यकामा कालोबजारी बढेको सूचनाका आधारमा धमाधम छापा मार्ने क्रम बढेको हो । मास्कको मूल्य दश गुनासम्म बढीमा विक्रीवितरण गर्न थालेपछि प्रहरी र प्रशासनले धमाधम छापा मारेको हो ।कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो ।
उत्पादन मूल्य दुई रुपैयाँ प्रति गोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ । मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।
प्रतिक्रिया