अस्ट्रेलियामा विदेशी पर्यटकहरूलाई प्रवेशमा रोक लगाएको छ। शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियामा सबै देशका पर्यटकहरूलाई प्रवेशमा रोक लगाउन लागेको हो। प्रधानमन्त्री स्कट मोरिसनलले बिहीबार अस्ट्रेलियाका बोर्डर आफ्ना नागरिक, स्थायी बासिन्दा तथा तिनीहरूसँग नजिक रहेका बाहेक अरूलाई प्रवेश निषेध गर्ने बताएका छन्।
उनले बुधबार अस्ट्रेलियामा मानव जैवसुरक्षा आपतकालीनको घोषणा गरेका हुन् भने त्यहाँका नागरिकहरूलाई विदेश भ्रमण नगर्न बताएका हुन्। गत मार्च १५ तारिखका दिन मोरिसनले विदेश भ्रमणबाट आएका सबै जनालाई १४ दिनसम्म सेल्फ आइसोलेट गर्ने बताएका थिए।
त्यस्तै, विदेशी क्रुज सिपहरूलाई पनि ३० दिनका लागि बन्द गरेका थिए। यसअघि नै अस्ट्रेलियाले चीन, इरान, इटाली र दक्षिण कोरियाबाट आउने विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको थियो।
प्रतिक्रिया