मकवानपुरको चित्लाङका हरिहर लामिछानेले आफ्नो घरमा बहालमा बस्नेहरुको ३ महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।
कोरोना संक्रमणको जोखिमको समयमा उनले यो घोषणा गरेसंगै सामाजिक सञ्जालमा उनको घोषणाको प्रशंसा भईरहेको छ । आफ्नो घोषणाको प्रशंसा गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत नै धन्यवाद दिएका छन् ।
आफ्नो काठमाडौं कलंकीमा रहेको घरमा बहालमा बस्ने ४ परिवारको ३ महिनाको भाडा नलिने फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले चैत, बैशाख र जेठको घरभाडा नलिने भएका छन् । उनले अरुलाई पनि यस्तै काम गर्न सुझावदिएका छन् । उनले अहिले त्रासको समयमा मानवीयता देखाउन सबैलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया