कोरोनाको त्रासमा सेलिब्रेटीहरुले भिडियो बनाउँदै आफ्ना शुभचिन्तकहरुलाई सुरक्षित रहन आग्रह गरिरहेका छन् ।
अभिनेता दीपकराज गिरीले यस समयलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने सुझाव दिदैं भिडियो बनाए । कामको शिलशिलामा परिवार बिर्सिएका वा पारिवारसँग बस्न नपाएकाहरुले यसलाई परिवारसँग बस्ने समयको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘यो आफ्नो परिवारलाई समय दिने मौका हो । त्यसैले यसलाई सहि सदुपयोग गरौँ ।’ कलाकारहरुले पनि आफ्नो परिवारलाई मय दिन नसकिरहेको समयमा यो उनीहरुको लागि पनि अवसर भएको दीपकले बताए । चलचित्रकर्मीहरुले यो समय घरमा नै बसेर आउँदो चलचित्रको लागि मेहनत गर्नुपर्ने पनि दीपकले बताएका छन् ।
सुरक्षित रहनको लागि भिडभाडमा नजाने, सुवुन पानीले हात धुने, घरमा नै बस्ने लगयतका सुक्षाव दीपकले दिएका छन् ।
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धुन, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाइजरको प्रयोग गर्न, मास्क लगाउन र भरसक भिडभाडमा नजान आग्रह गरेकी छिन् ।
भिडियो सन्देश बनाउदै दीपाश्रीले भनेकी छिन्, ‘सबै जना आफु जोगिएर अरुलाई पनि जोगाउनको लागि प्रयत्न गरौँ । हाम्रो यो नेपालको ‘नमस्कार’को संस्कारलाई जोड दिऔँ ।’
नायिका रेखा थापाले त यस विषयमा धेरै बोलिरहेकी छिन् । उनको भिडियो सन्देश पनि सकेसम्म भिडभाडमा नजान, घरमा सुरक्षित रहन र धेरै आतंकित वा त्रसित नहुन भन्ने छ ।
उनले भिडियोमा भनेकी छिन्, ‘कोरोनासँग बच्ने मुख्य आधार भनेको सावधानी हो । त्यसैले हरेक व्यक्ति सुरक्षित रहौँ । धेरै आत्तिएर आतंकित नबनौँ, अरुलाई पनि आतंकित नबनाऔँ ।’ नेपाल सरकारले निकालेको सुचनालाई पछ्याउन रेखाको अनुरोध छ ।
नायिका स्वस्तिमा खड्काको विषयमा पनि उहीँ छ । घरमा नै बस्ने र नियमित हात धुने, सेनिटाइजरको प्रयोग गर्ने यस्तै विषयमा स्वस्तिमाले बोलेकी छिन् ।
स्वस्तिमाले गलत समचारबाट आतंकित नहुन आग्रह गरेकी छिन् । उनले भन्की छिन्, ‘यो समय सामाजिक संजालमा गलत समचारहरु आइरहेको हुन्छ । त्यसैले त्यो गलत समचारको विश्वास नगरौँ । त्यस्ता समचारलाई बेवास्ता गरौँ ।’
नायिका वर्षा सिवाकोटी आफू सेल्फ क्वारेन्टाइनमा बस्न थालेको भन्दै एक भिडियो सन्देश बनाएकी छिन् । उनले भिडियोमा आफू सुरक्षित हुन आफैंले सावधानि अपनाउनु पर्ने बोलेकी छिन् ।
उनले यो समय नेपालले सुरक्षित ठाउँ हो भनेर चिनरी दिनुपर्ने समय भएको बताएकी छिन् । उनले भनिन्, ‘हामी सुरक्षित भयौँ भने हाम्रो देश सुरक्षित देशको रुपमा परिचित हुन्छ । त्यसैले सुरक्षामा ध्यान दिनुहोला ।’ कोरोनाको संक्रमणबाट ज्यान गुमाएकाहरुमा उनले श्रद्धान्जली पनि दिएकी छिन् ।
त्यस्तै नायिका अनु शाहले पनि सकेसम्म घरबाट बाहिर नजान आग्रह गरेकी छिन्। बाहिर गएपनि सेनिटाइजर तथा माक्सको प्रयोग गर्न उनले सुझाब दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘कोरोना सक्रिय भइरहेको छ । त्यसैले सुरक्षित रहनु होला । स्वस्थ्य खानेकुरा र तातो पनी खानुहोला । कृपय सुरक्षित रहनुस् ।’
प्रतिक्रिया