Logo

सबै संसादलाई गगन थापाको आग्रह : १ महिनाको तलब कोरोना कोषमा जम्मा गरौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।सोमबार विहान आफ्नो ट्वीटर ह्यान्डलमार्फत उनले यस्तो आग्रह गरेको हुन् । सांसदल थापाले ट्वीटरमा लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौँ ।’

जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग उनले सबैलाई अपिल गरे । सांसद थापाले अगाडि लेखेका छन्, ‘जसले जहाँबाट जति सक्छौँ यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पारौँ ।

’त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरे । उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस् ।’

प्रतिक्रिया दिनुहोस्