खुशीको खबर: १०० रुपैयाँ रिचार्ज गर्दा २०० रुपैयाँ आउने तपाईको मोबाइलमा अब हेर्नुहोस्
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ ।
कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएका बेला प्राधिकरणको मंगलबारको बैठकले शतप्रतिशत बोनस र २ सय रुपैयाँ रिचार्ज बराबरको सापटी दिन निर्देशन दिने निएको हो ।
जस्तो तपाइले १०० रुपैयाँ रिचार्ज गर्नु भयो भने मोबालमा २०० रुपैयाँ प्राप्त हुनेछ ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सापटी रकममा कुनै प्रकारको अतिरिक्त शुल्क लिन पाइने छैन।
प्राधिकरणको यो निर्णय नेपाल टेलिकम, एनेसल लगायत मोबाइल सेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन गर्नुपर्नेछ।