आक्रमणमा परी एकैचोटी सैनिकको मृत्यु !


जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ। चाडको लेकचाड क्षेत्रमा घटना भएको हो। घटनास्थल क्यामरुन नाइजर र नाइजेरियासगँको सिमा क्षेत्रमा पर्छ। चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाइजेरियावाट आफ्नो अभियान सुरु गरेका थिए।

‘आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ’ राष्ट्रपति ईट्नोले मंगलवार भने। उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो।

उनले घटनास्थल क्षेत्रको भ्रमण समेत गरेका छन्। नाइजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।