बेलायतमा कोरोना भाइरसबाट अर्का एक नेपालीको गयो ज्यान !
बेलायतमा अर्का नेपालीको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ । साउथ इस्ट लण्डनमा परिवारसहित बस्दै आएका प्रशान्त अर्यालको सोमबार निधन भएको हो । शनिबार रातिदेखि खोकी लाग्नुका साथै ज्वरो आएपछि ४० वर्षीय अर्याललाई त्यहींको क्वीन एलिजावेथ अस्पताल लगिएको थियो ।
अस्पतालले कोरोना भाइरसकै कारण उनको ज्यान गएको हो । चितवनका अर्यालका एक छोरा, एक छोरी र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए । परिवारका सदस्यहरुलाई घरमै आइसोलेसनमा बस्न भनेर स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेका छन् ।
अहिलेसम्म कसैलाई पनि लक्षण नदेखिएकाले घरमै राखिएको हो । यसअघि गएको साता लण्डनमै रहेका ६५ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाटै ज्यान गएको थियो ।