कोरोनाबाट सर्बियाका राज्यमन्त्रीको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट सर्बियामा एक राज्यमन्त्रीको मृत्यु भएको छ ।बिबिसकिा अनुसार सर्बियाका वातावरण राज्यमन्त्री ब्रानिस्लाभ ब्राजिकको कोरोनाको कारण मृत्यु भएको हो ।
ब्राजिक सत्तारुढ प्रोग्रेसिभ पार्टीका संस्थापक पनि हुन् ।सर्वियामा पछिल्लो समय उल्लेख्य संख्यामा भाइरसका संक्रमित बढेका छन् । अहिलेसम्म यो भाइरसको कारण मुलुकमा संक्रमितको संख्या एक हजार ६० पुगिसको छ भने यसबाट ३० जना मानिसको ज्यान गइसकेको छ ।