अर्थो[पेडीक सर्जन तथा समाजसेवी डा गोविन्द केसी तीन साताअघि देखि स्वा[स्थ्य सेवा दिन डडेलधुरा अस्पताल पुगेका छन्। डा केसी डडेलधुरा पुगेर काम गरेपछि त्यहाँको वातावरणमा फरकपन आएको त्यहॉका चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन्।डाक्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा केसीबाट सिक्ने मौका मिलेको छ। जागिरबाहेक डाक्टरको मानवीय धर्म कस्तो हुनुपर्छ, स्वभाव क[स्तो हुनुपर्छ, बिरामीसंग गर्ने व्यवहार कस्तो हुनुपर्छ भनेर जान्न पा[एका छौं। डा केसी असाधारण मानवीय भावना भएका सच्चा सेवक हुन्।
https://www.youtube.com/watch?v=7gW5XKd4DGU
उपक्षेत्रिय अस्पताल डडेल्धुरामा कार्यरत एक चिकित्सकले जानकारी गराए ।बूढा डाक्टर जनतासंग छन् तर बूढा र तन्नेरी नेताहरू भने कोरोनाको आतंकले आईसोलेशनमा दूला पसिरहेको समेत उनको भनाई छ ।यसअघि चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा केसी गत कार्तिक १८ गते डडेल्धुरा पुगेर आमरण अनसनमा बसेका थिए । त्यस्तै गत फागुनमा पनि उनले डडेल्धुरा पुगेर जिल्ला अस्पता[लमा रहेका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया