नेपाल बाहिर ४४ जना नेपालीमा कोरोना संक्रमण, २ को मृत्यु


हालसम्म नेपाल बाहिर रहेका नेपालीहरु मध्ये ४४ जना मा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमणकै क्रममा बेलायतमा २ र अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।स्पेन र पोर्चुगलमा थप ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । पोर्चुगलमा एउटै फल्याटमा बस्ने ८ नेपालीमा कोरोना संक्रमण देखिएको हो । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ती नेपालीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि अन्यको पनि परीक्षण गरिएको थियो । परीक्षणबाट सबैमा संक्रमण भएको पुष्टी भएको बताइएको छ ।

त्यसबाहेक अर्का एक नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । यसरी पोर्चुगलमा हालसम्म ९ नेपालीमा कोरोना संक्रमण देखिएको छ । अहिले यी सबैको आइसोलेसनमा उपचार भइरहेको छ ।यसैगरी, स्पेनमा कोरोना संक्रमण नेपालीको संख्या ७ पुगेको छ । जसमध्ये दुई जना अस्पतालको निगरानीमा सेल्फ क्यारेन्टाइनमा छन् भने अन्य अस्पतालको आइसोलेसनमा छन् । हाल स्पेनमा १० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ ।

https://www.youtube.com/watch?v=7gW5XKd4DGU

अष्ट्रेलिया र युएईमा हालसम्म ÷ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ३ रहेको छ । त्यस्तै, बेलायतमा ३, अमेरिकामा ३, हङकङ र मलेसियामा एक–एक नेपालीमा कोरोना संक्रमण देखिएको छ ।