विवाह भएको एक महिना नपुग्दै अनिताको छातीमा गोली, श्रीमान नै शंकाको घेरामा !


डोटीमा आइतवार साँझ एक महिलाको गो ली हा नी ह त्या गरिएको छ । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलालाई गो ली हा नेर ह त्या गरिएको हो । आइतबार बेलुकी करिब ६ बजेतिर उनी माथि गो ली प्र हा र भएको हो । स्थानिय नङनी टोलकी २० वर्षीया अनिता वन माथि भरुवा ब न्दु कको गोली लागेको हो ।

अनिताका २२ वर्षीय श्रीमान् खडक वनले नै उनी माथि गो ली हा नेको आशङ्का प्रहरीले गरेको छ । अनिता र उनका श्रीमान मात्र घरमा भएको बेलामा घ टना भएका कारण श्रीमानले नै गो ली प्र हार गरेको आशंका प्रहरीले गरेको हो । तर उनका श्रीमानले अभियोग अस्विकार गरेका छन्। अनिताको छातीको बिच भागमा गो ली लागेको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टिको कोठामा अनिता मृ त अवस्थामा थिइन् भने सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको थियो । तर अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासि गो लीको आवाज सुनेर माथिल्लो कोठामा जाँदा अनितालाई ढ लेको अवस्थामा देखेको जनाएका छन् । खड्ककी आमा आफ्नो छोरीको घरमा गएको र बुवा पनि वजारमा निस्किएको बेलामा सो घ टना भएको हो ।

वनको घरमा राखिएको भरुवा ब न्दुक अवैध रहेको समेत प्रहरीले जनाएको छ । डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।