बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको कोरोनाभाइरस (कोविड -१९) लक्षण बिग्रिएपछि अस्पतालमा सघन उपचारका लागि आईसीयूमा सारिएको छ । पचपन्न वर्षीय जोन्सनले गत १० दिनदेखि शनिबारसम्म एकान्तबास बसे पनि आइतबार लण्डनको सेन्ट थोमस सरकारी अस्पतालमा भर्ना गरिएको थियो । “सोमबार बिहानसम्म प्रधानमन्त्रीको अवस्था झन् बिग्रँदै गएका कारण उनको मेडिकल टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपाचार कक्षमा सारिएको छ,” डाउनिंग स्ट्रीटका प्रवक्ताले एक विज्ञप्ति प्रकाशित गरी सो कुराको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री जाेनसनले आफ्नो अनुपस्थितिमा आवश्यक काम गर्न परराष्ट्र तथा कमनवेल्थ मामिला सचिव डोमिनिक राबलाई जिम्मेवारी तोकेको पनि उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको हेरचाह र उपचारमा संलग्न अस्पतालका कर्मचारीहरूको कडा परिश्रम र समर्पणलाई धन्यवाद ।” बीबीसीका अनुसार प्रधानमन्त्रीका प्रवक्ताले यसअघि नै जाेनसनको अनुपस्थितिमा प्रधानमन्त्रीले गत जुलाईमा नियुक्ति गरेका परराष्ट्र सचिब राबलाई कार्यबाहक दिईने बताएका थिए ।
प्रधानमन्त्री जोन्सनले केही घण्टा अगाडि ट्वीट गर्दै डक्टरहरूकाे सल्लाहमा आईसीयूमा सरेकाे जानकारी दिएका थिए । उनले भनेका थिए “म राम्रो र दरो आत्मविश्वासमा छु । सबैसँग निरन्तर सम्पर्कमा छौँ, सबैलाई सुरक्षित राख्न हामी सबै मिलेर काम गरिरहेका छौं ।” बेलायतीको अखबारहरूका अनुसार प्रधानमन्त्री जोन्सनकी प्रेमिका समेत कोरोना संक्रमित रहनुका साथै गर्भवती रहेको बुझिएको छ ।
प्रतिक्रिया