पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह झापामा रहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह दमकमा रोकिएका हुन् ।
उनीहरुले लकडाउनको पालना गर्दै दमकमा बसिरहेका छन् । उनीहरु भारतको सिक्कीम, दार्जिलिङलगायत ठाउँहरूको भ्रमण गरेर फर्कने क्रममा झापामा आइपुग्दा लकडाउन भएको थियो । उक्त लकडाउनको पालना गर्दै उनी दमकमै बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाटै लकडाउनको पूर्ण पालना गर्न आग्रह पनि गरिरहेका छन् ।
लकडाउनको समयभर नै पूर्वराजारानी झापा नै रहने जनाइएको छ । केहि दिनअघि पूर्वराज परिवारले हिमानी कोषमार्फत कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले खडा गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
प्रतिक्रिया