दाउरा बालेर खाना बनाउँदै आर्यन सिग्देल
कोरोनाको त्रासका कारण पूर्ण देश लकडाउनमा छ । सबै मानिसहरु घरभित्र नै थुनिएर बसेका छन् । कलाकारहरु पनि लकडाउनको पालना गर्दै घरमा नै थुनिएका छन् ।
लकडाउनको समय घरमा थुनिएका कलाकारहरु भान्सामा निकै सक्रिय भएका छन् । कहिल्यै भान्सा नछिरेका सेलिब्रेटीहरु पनि भान्सा छिरेका छन् । विभिन्न परिकार बनाउने अभ्यास गरिरहेका छन् ।
यस्तैमा, नायक आर्यन सिग्देलले आफूले दाउराबाट खाना पकाइरहेको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उनले तस्विर सार्वजनिक गर्दै दाउराबाट पकाएको खानाको स्वाद नै छुट्टै मिठो हुने लेखेका छन् ।
उनले लेखेका छन्, ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै’ । तस्विर पोष्ट गर्दै उनले सम्पूर्णलाई सुरक्षित र घरमै बस्नको लागि समेत आग्रह गरेका छन् ।
आर्यनले लकडाउनका कारण हाहाकार बन्दै गएको ग्यासको सुरक्षाको लागि आगोबाट खाना पकाएको अनुमान गर्न सकिन्छ ।