कोरोनाको कारण बिदेशी मुद्राको विनिमय दरमा उतारचढाव ! यस्तो छ आजको दर, हेर्नुहोस् (तालिका सहित)


नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहति प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । विश्वभर कोरोना भाइरसको महामारीका कारण विदेशी मुद्राको विनिमयदरमा भारी उतारचढाई आईरहेको राष्ट्र बैँकले जनाएको छ । नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैँकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्ः