ट्रम्पले कारवाही गर्ने चेतावनी दिएपछि भारतले फर्कायो यस्तो कडा जवाफ


कोरोनाभाइरस संक्रमितका लागि मलेरियाको औषधी सहयोगी मानिएको छ । संसारभरी सबैभन्दा धरै कोरोनाभाइरस सं’क्रमित भएको देश अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग मलेरियाको औषधी अर्थात् हाइड्रोक्सीक्लोरोक्विन पठाउन आग्रह गरेका थिए ।भारतले यो औषधीको घरेलु खपत नै अत्यधिक भएको भन्दै यसको निर्यातमा रोक लगाएको छ । सोमबार ट्रम्पले भारतले औषधी नपठाए अमेरिकाले जवाफी कारवाहीसमेत गर्नसक्ने चे’ता’वनी दिएका थिए । मंगलबार भारतीय विदेश मन्त्रालयले यसबारे बयान जारी गर्दै विवादको यो स्थितीलाई स्पष्ट पार्न प्रयास गरेका छन् ।

ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘केही मिडिया संस्थानले कोभिड–१९ सँग सम्बन्धित औषधी र फर्मास्युटिकल्सका लागि अनावश्यक विवाद निम्त्याइरहेका छन्। एक जिम्मेवार सरकार भएका कारण सुरुमा हामी हाम्रा जनताका लागि औषधीको पर्याप्त स्टक छ कि छैन, त्यो सुनिश्चितता गर्नेछौं । यसै अनुसार केही औषधीको निर्यात रोक्नका लागि अस्थायी कदम उठाइएको थियो।

यसका साथै विभिन्न परिस्थितीमा सम्भावित आवश्यकताका लागि पनि विचार गरिँदै छ । आवश्यक औषधी पर्याप्त मात्रामा उपलब्ध भएको पुष्टि भएपछि यी प्रतिबन्ध पनि हटाइनेछन्। सोमबार डीजीएफटीले १४ औषधीमाथि लागेको प्रतिबन्ध हटाएको जानकारी दिएको छ । प्यारासिटामोल र हाइड्राक्लोरोक्विनलाई लाइसेन्सको श्रेणीमा राखिनेछ र यसको मागमाथि लगातार निगरानी राखिनेछ । यद्यपि, स्टक हेरेर हाम्रो कम्पनी र उनीहरुको सम्झौता अनुसार निर्यात गर्नसक्छ ।’

उनले भने, ‘कोरोनाभाइरस महामारीको गम्भीरता देखेपछि भारतले सधैं यो सुनिश्चितता गरेको छ कि अन्तर्राष्ट्रिय समुदायले बलियो एकजुटता र सहयोग देखाउन आवश्यक छ । महामारीका बेला मानवीय पाटोलाई दृष्टिगत गर्दै हाम्रो क्षमतामा निर्भर भएका आफ्ना सबै छिमेकी मुलुकमा उचित मात्रामा प्यारासिटामोल र एचसीक्यूको लाइसेन्स दिइनेछ । महामारीले सबैभन्दा बढी क्षती पुर्याएका केही देशमा पनि हामी यी आवश्यक औषधीको आपूर्ती गर्नेछौं । त्यसकारण हामी यो सम्बन्धमा कुनै प्रकारको अड्कल वा राजनीतिलाई खारेज गर्नेछौं ।’

यस्तै डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चे’तावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चे’तावनी दिएका हुन् ।मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले बेलैमा सूचित नगरेको आरोप लगाए । ट्रम्पले यस विषयमा अहिले अनुसन्धान भइरहेको तर आफूहरु डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने पक्षमा रहेको बताए ।

सन् २०१९ को अन्तिममा यो भाइरस फेला पर्दा डब्लूूएचओले भाइरसलाई ‘पत्ता नलागेको कारणले हुने निमोनिया’ भएको बताएको थियो । जनवरी ३० मा उसले कोरोना भाइरसको कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो भने मार्च ११ मा यसलाई महामारीको संज्ञा दिएको थियो । अमेरिका डब्लूएचओमा सबैभन्दा धेरै योगदान गर्ने मुलुक हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पनि डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका थिए । जनवरी ३१ मा डब्लूएचओका प्रतिनिधिले विश्वभरका मुलुकहरुलाई भाइरसको जोखिम हुँदाहुँदै पनि आफ्नो सीमा खुला राख्न सुझाव दिएका थिए । तर, सोही दिन अमेरिकाले चीनबाट आउने पर्यटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

द न्युयोर्क टाइम्सले भने अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएपछि पनि चीनबाट चार लाख ३० हजार मानिस अमेरिका आएको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो समय अमेरिका र डब्लूूएचओको सम्बन्ध चिसिएको छ ।