काठमाडौंबाट पैदल हिँडेर सुनसरी आउदै गरेका मजदुरलाई लिन विराटनगरबाट गाडी पठाइएको छ । प्रदेश सांसद केदार कार्की र राजीव कोइरालाले ललितपुरबाट पैदल हिँडेर सुनसरी फर्कदै गरेकालाई लिन गाडी पठाएका हुन् । काठमाडौंबाट दुईवटा टोली सुनसरीतर्फ हिँडेर आउँदैछ । ‘२७ जनाको टोलीलाई सिन्धुलीमा गाडी व्यवस्था गरेका छौं’ कांग्रेस सांसद कार्कीले भने ‘११ जना वर्दिबासमा आइपुगेका छन् । उनीहरुलाई लिन विराटनगरबाट गाडी पठायौं ।’
११ जनाले भने बाटोमा गाडी भेटेपछि बर्दिबास आइपुगेका थिए । इटहरीका ६ र रामधुनीका ५ जना बर्दिबास आइपुगेको कार्कीले बताए । २७ जनालाई सिन्धुलीबाट ल्याउन गाडी पठाइएको पनि कार्कीले जानकारी दिए । बाटोमा चाहिने खानेकुरासहित आकाश श्रेष्ठले गाडीको व्यवस्था गरेको उनले बताए ।
प्रतिक्रिया