काठमाडौँबाट गाउँ फर्किन चाहनेलाई भोलि र पर्सि दुईदिन लकडाउन खुल्ला !


सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसलाई २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन लम्बिएसँगै मानिसहरु बिचल्लिमा परेपछि हिडेरै गाउँ फर्किने क्रम बढेको छ । यस समस्यालाई मध्यनजर सरकारले सो निर्णय लिएको हो ।